२० हजार रुपैयाँ घुस सहित गजुरीमा कार्यरत सव इन्जिनियर बिनोद सापकोटा पक्राउ !

दियो पोस्ट  

धादिङ, २३ असार । धादिङको गजुरीमा कार्यरत एक सब इन्जिनियर घुससहित पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरीमा कार्यरत सव इन्जिनियर विनोद सापकोटालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न पश्चात उक्त रकम फिर्ता लिन गएका सेवाग्राहीबाट घसुस दिनुपर्छ भन्दै रकम मागेका थिए ।

अख्तियारको काठमाडौंस्थित टंगालबाट गएको टोलीले उनलाई घुससहित पक्राउ गरको हो । उनी करारमा कार्यरत कर्मचारी हुन् । उनलाई थांक्रे २ धादिङबाट पक्राउ गरिएको हो ।

सिफारिस