काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालबीच वार्ता सकिएको छ । उनीहरुबीच वार्ता विना निष्कर्श टंगिएको छ । राजधानीको मेरियट होटलमा भएको वार्ता भोली फेरी बस्नेछ । वार्तास्थलबाट बाहिरिएका उपाध्यक्ष भिम रावलले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।
अर्का नेता सुरेन्द्र पाण्डेका अनुसार वार्तामा ओली समुहबाट ईश्वर पोखरेल र विष्णु पौडेललाई सँगै राखेका थिए । त्यस्तै माधव नेपाल तर्फबाट भिम रावल र सुरेन्द्र पाण्डे सँगै थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको श्रङखलाबद्ध विघटन गर्दै आएपछि माधव समुह असन्तुष्टी व्यक्ति गर्दै आएको छ । विवाद समाधानका लागि कार्यदल तयार समेत तयार भएको हो । कार्यादलले निरन्तर तीन वटा वैठक बसेपछि आज वार्ता भएको थियो ।