मृत भेटिएकी नायिका जेनी कुँवरको साथमा सुसाइट नोट, डिप्रेशनको शिकार भएको खुलाशा

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ असार । चलचित्र अभिनेत्री (नायिका) जेनी कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । राजधानीको थापागाउँस्थित सनराइज सिटि अपार्टमेन्टमा उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


विहिबार बेलुकी ८ बजे उनी झुण्डएको अवस्थामा भेटिएकी हुन् । प्रहरीले उनको साथबाट सुसाइड नोट पनि फेला पारेको छ । लामो समयदेखि डिप्रेसनको शिकार भएकी उनी पछिल्लो समय साधु बनेर पशुपति क्षेत्रमा बस्दै आएकी थिइन् ।


नायीका कुँवरले शहरमा भोकाएकाहरुलाई निशुल्क भोजन समेत गराउँदै आएकी थिइन् ।


कुँवरले ‘जिन्दगानी’ नामक चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी थिइन् ।

उनले ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘विन्तीपत्र’, ‘मलाई माफ गरिदेऊ’, ‘अभिमन्यू’ लगायत चलचित्रमा अभिनय गरेकी छन्। उनले पछिल्लो पटक चलचित्र ‘हलचल’मा अभिनय गरेकी थिइन् ।

सम्बन्धित खबर