काठमाडौं, २५ असार । नख्खु कारागारमा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओली सुदर्शनलाई हृदयघात भएको छ । हर्टएट्याक भएपछि उनलाई राजधानीको गंगालाल अस्पतालमा भर्ना गरिएको छ ।
‘उहाँको मुटुमा समस्या भएपछि गंगालाल अस्पताल लगिएको छ,’ उनका आफन्तले भने,‘अहिले अवस्था गम्भिर छ । आजै उहाँलाई गाह्रो भएको हो ।’
नख्खुमा भएको वम विष्फोटको मुद्दामा उनलाई कारागार चलान गरिएको थियो ।