सिंहदरबारबाट बिदा भए ओली (तस्बिरहरु)

दियो पोस्ट  

काठमाडौं, २९ असार । सर्वोच्चको फैसलबाट पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली ४१ महिनापछि सिंहदरबारबाट बाहिरिएका छन् ।

मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओली औपचारिक रुपमा सिंहदरबारबाट बाहिरिएका हुन् ।

करिब एक घण्टा लामो सम्बोधनमा डेढ वर्षपछि पुनः सिंहदरबारमा आउने प्रतिवद्दता व्यक्त गर्दै उनी बाहिरिएका हुन् ।

सम्बोधनका क्रममा जनताको जनादेश आफूसँग रहेको र आगामी निर्वाचनमार्फत पुन सरकारमा आउन कसैले पनि रोक्न नसक्ने ओलीले बताए ।

सिंहदरबारबाट आज बिदाई भएका ओलीले बालुवाटार भने भोलि छोड्दैछन् ।

सिफारिस