काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यलय बालुवाटार छाडेका छन् ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।
देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।
बालुवाटारबाट बालकोट जान लागेका ओलीलाई स्वागत गर्नका लागि युवासंघका सैयौं कार्याकर्ता बालुवाटार उपस्थित भएका थिए ।
ओलीलाई युवासंघका कार्यकर्ताहरुले मोटरसाइकल स्कर्टिङ गर्दै बालकोट सम्म पुर्याउनेछन् ।


