काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई क्षमा गर्न नसकिने बताएका छन् । बुधबार बालुवाटारबाट बालकोट पुगेका ओलीले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै माधव नेपाल एमालेका गद्दार रहेका कारण उनलाई माफी दिन नसकिने बताएका हुन् ।
ओलीले माधव नेपालको पक्षमा लाग्ने अन्य नेताहरुले पश्चाताप गरेर आएको अवस्थामा पार्टीमा काम गर्नसक्ने वातावरण मिलाउने तर माधव नेपाललाई भने अब ठाउँ दिन नसकिने बताएका हुन् ।
आफ्नै दलको नेतालाई सरकारबाट हटाउनका लागि विपक्षीसँग साँठगाठ गरेको भन्दै अोलीले आक्रोशित हुँदै माधव नेपाललाई गद्दारको संज्ञा दिएका हुन् ।
ओलीले माधव नेपाल जस्तो लाज सरम हराएको नेता कही नभएको बताए । उनले नेपाललाई कुनै हकमा क्षमा नदिने बताउँदे उनले भने, ‘पार्टीमा आएर काम गर्न चाहने नेताहरूलाई ठाउँ र अवसर दिन्छौँ, तर माधव नेपालको हकमा कुनै क्षमा हुँदैन, विकास गर्ने सरकार ढाल्ने उनै हुन् ।’