काठमाडौं, २ साउन । सर्वोच्च अदालतको आदेशपछि सत्ताबाट बहिर्गमनमा परेको नेकपा एमाले ओली समुहले जंगलमा तालिम शुरु गरेको छ ।
एमालेको भातृ भातृ संगठन युवा संघ नेपालले युथफोर्स ब्युँताउँदै तालिम सञ्चालन गरेको हो ।
भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रको जंगलमा उनीहरुले तालिम सञ्चालन गरेका हुन् । पूर्व उद्योगमन्त्री तथा केपी ओलीको विश्वास पात्र महेश बस्नेतले उक्त तालिमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बस्नेतले खुकुरीको धार बनेर निष्कन भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए ।
गत असार २८ गते सर्वोच्च अदालतको आदेशबाट सत्ताच्युत भएको भोलीपल्टै युथ फोर्स ब्युताइँएको हो ।
बस्नेतले तालिममा समलग्नहरुलाई उत्तेजक अभिव्यक्ति दिएर हत्या हिंसामा उत्रन तालिम दिएको सहभागीहरुले बताए ।