काठमाडौं, ३ साउन । नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेको माधव नेपाल पक्षमा रहेका नेता रावलले संसद अधिवेशन शुरु हुनै लाग्दा पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सांसदबाट राजीनामा दिएको पत्र बुझाउन उनी संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
माधव नेपाल पक्षले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने भनेपछि असन्तुष्ट रहेका रावलले पदबाट राजीनामा गरेका हुन् ।
उनीबाहेक माधव पक्षमा रहेका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् ।