
काठमाडौं । नेकपा एमालेको केपी ओली समुहका केही नेताले समेत प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गरेका छन् । डोल्पाका सांसद धन बहादुर बुढाले पनि देउवाको पक्षमा मतदान गरेका हुन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका छन्। संसद अपहरणको मुद्दामा विवादित बनेका तनहुँका सांसद किसन कुमार श्रेष्ठले पनि देउवालाई मत दिएका छन् ।