ओली समुहका ८ सांसदले फ्लोर क्रस गरेपछि देउवाको पक्षमा पुग्यो १ सय ६५ मत !

दियो पोस्ट  

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा एक सय ६५ सांसदले मतदान गरेका हुन् । कुल २ सय ७१ सांसद मध्ये देउवालाई १३६ मत आवश्यक परेको थियो । तर, आजै एमाले सांसद भिम रावलले राजिनामा दिएको हुनाले उनले एक सय ३५ मत मात्रै ल्याए पनि बहुमत हुने थियो । नेकपा एमालेको माधव नेपाल समुह र ओली समुहकै ४ सांसदले विश्वासको मत दिएपछि देउवा संसदबाट विश्वासको मत पाउने प्रधानमन्त्री बनेका छन् ।

सभामुखका अनुसार आज २४९ जनाले मतदान गरेका थिए । त्यस्तै उनको विपक्षमा ८३ मत परेको छ ।

उनको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समुह र ओलीकै८ सांसदले मतदान गरेका थिए । त्यस्तै जनता समाजवादी पार्टीले पनि उनलाई नै समर्थन गरेको थियो ।

सिफारिस