१९ करोडको मिटर ब्याजकाण्डमा मुछियो कामना विकास बैंक, चेकसहित अभियुक्त पक्राउ !

दियो पोस्ट  

काठमाडौं, ३ साउन । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले मिटरब्याज धन्द्या चलाउने गणेश उप्रेति नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ ।
मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई साढे १९ करोडका चेकसहित शुक्रबार सिआइबीले पक्राउ गरेको हा ।

सीआईबी टोलीले उप्रेतीलाई काठमाडौंको चावहिलस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रिकण्डिसन शोरुमबाट शुक्रबार राति १० बजे पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । सिआइबीका अनुसार उप्रेती मिटरब्याजमा लगाएर ऋणीलाई ज्यान मार्ने धम्की दिने, बन्धक बनाउने, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै महङ्गो पैसा असुल्ने लगायतको धन्दामा संग्लन थिए । उनको धन्दामा कामना विकास बैंकले सहयोग गर्दै आएको पाइएको छ । उनको साथबाट कामना विकास बैंकको चेक समेत बरामद भएको छ ।

उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको सिआइबीको आरोप छ ।
उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए । उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए । त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए ।

यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए । ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए ।

उप्रेतीले यस प्रकारका ठगी धुप्रै गरेको र अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ । डीआईजी सिंहले उप्रेतीबाट अरू पनि पीडित भएको हुन सक्ने भन्दै उजुरी दिन आह्वान गरेका छन् ।
सिआइबी स्रोतका अनुसार उप्रेतिले कामना विकास बैंकका सिइओ प्रविन बस्नेतसँग मिलेमतोमा सेवाग्राहीलाई ठगी गर्दै आएका थिए । विभिन्न सवारी साधनलाई बैंकसँग सम्पर्क गराउने र कर्जा दिलाउने र त्यहीँबाट कमिशन लिने गरेको स्रोतको दाबी छ । मिलेमतोमा बिचमै लिलामी गरेर मोटो रकम असुल गर्ने उनको धन्दा थियो ।

सिफारिस