शेरबहादुर देउवा निकट विनोद थापा एनआरएन मलेशियाको अध्यक्षमा निर्वाचित !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ साउन । गैरआवाशिय नेपाली संघ (एनआरएनए) मलेशियाको अध्यक्षमा विनोद बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

उनको कार्यकाल आगामी २ वर्षको लागि हुनेछ । उनी आजै अध्यक्षमा निर्वोरोध निर्वाचित भएका हुन् ।

महासचिव रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा,नारायण अधिकारी र कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध निर्वाचित भएका छन् ।


सदस्यहरुमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध भएका छन । अध्यक्षमा निर्वाचित थापा नेपाली कांग्रेस निकट व्यक्ति हुन् ।

सम्बन्धित खबर