काठमाडौंमा अपराध महासाखाको छापा : २ सय कार्टुन रेडबुलसहित ४ जना पक्राउ !

diyopost.com
दियो पोस्ट  बुधबार, साउन ०६, २०७८ | १७:२४:२२

काठमाडौं, ६ साउन । नेपालमा प्रतिबन्धित प्रतिबन्धित क्याफिनयुक्त पेय पदार्थ रेडबुल विक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले क्याफिन युक्त रेडबुल विक्री गरेको पाइएपछि महानगरिय अपराध महासाखाले रेडबुलसहित चारजना व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ रेड बुल बिक्री वितरण गरिरहेको अवस्थामा चार जना व्यक्तिलाई पत्राmउ गरेको हो । उनीहरुकोसाथबाट प्रहरीले २ सय २ कार्टुन अर्थात ४ हजार ८ सय ४८ थान रेडबुल समेत बरामद गरेको छ ।


पक्राउ पर्नेमा काठमाडौंको बबरमहल घर भई न्युरोडमा प्रणव स्टोर सञ्चालक गर्दै आएका ४४ वर्षिय रविनराज श्रेष्ठ, जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. ९ घर भई काठमाडौंको गोंगबु बस्ने ३६ वर्षिय राजु पौड्याल, ओखलढुंगाको चम्पा देवी गाउँपालिका ३ घर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ स्थित निलोपुलमा बस्ने शक्तिमाथा स्टोरका सञ्चालक धन बहादुर श्रेष्ठ र सर्लाहीको हरिपुर नगरपालिका १ घर भई हाल काठमाडौंको गोठाटार बस्दै आएका विरेन्द्र चौधरी रहेका छन् । चौधरीले बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखेर रेडबुल ओसार पोसार गर्दै आएका थिए । उनीहरुलाई भंसार विभागमा पठाइएको महासाखाले जनाएको छ । २०७६ असार २ गते प्रकाशित राजपत्रको भाग ५ को सुचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त पेय पदार्थ बेचविखनमा प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित खबर