ओली सरकारले पशुपतिमा जलहरी लगाउँदा ११ किलो सुन गायब पारेको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, ७ साउन । विश्वसम्पदा सूचीमा सूचीकृत हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा ११ किलो सुन नै गायब पारिएको खुलेको छ । केपी ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने निर्णय गरेको थियो ।


पशुपतिमा १०८ किलो सुनको जलहरी लगाउँदा राष्ट्रपतिलाई समेत ढाँटेर ११ किलो कम परिमाणको सुन लुकाई ९७ किलो मात्र सुन लगाइएको भन्दै अख्तियारमा उजुरी परेपछि सुन गायब पारिएको खुलेको हो ।


गत फागुन १२ गते राष्ट्रपतिबाट पुजा गरि उद्घाटन गरिएको जलहरीमा सुन कम लगाइएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले आर्थिक दैनिकलाई जानकारी दिए ।


अख्तियारमा परेको उजुरीमा जलहरी लगाउन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन सचिव यादव कोइरालाको संयोजकत्वमा जलहरी निर्माण अनुगमन समिति समेत गठन भएको र उक्त समितिमा पुरातत्व विभागको महानिर्देशक, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, कार्यकारी निर्देशक, कोषका सदस्य राजु खत्री समेत रहेको टोलीले नै अनियमिततागरेको आरोप लगाइएको छ । आर्थिक दैनिकमा समाचार छ ।