काठमाडौं, ८ साउन । नेपाल प्रहरीमा एक जना एआइजीका लागि दरबन्दी नै निर्धारण गरिन्छ । तर, १८ वर्षदेखि सईमै जीवन विताएका सयौँ तल्लो तहका प्रहरी कर्मचारीका लागि भने दरबन्दी नै खाली हुँदा पनि बढुवा नहुने विकृत अभ्यास विद्यमान थियो ।
सडकमा आन्दोलनकारीको ढुंगा खानेदेखि कार्यक्षेत्रमा अपराध नियन्त्रणमा फ्रन्टलाइनमा देखिने प्रहरीका तल्लो दर्जाका कर्मचारीमाथि नयाँ गृहमन्त्री बालकृष्ण खाँडले न्याय गरेका छन् ।
लामो समयदेखि जाम भएर बसेको जनपथ तर्फ सईहरुको बढुवा खुलेको छ । उनले एकैसाथ ९८ जना सइहरुलाई एकैसाथ इन्सपेक्टरमा पढुवा गरेका छन् ।
बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईको इन्सपेक्टर बढुवामा सिफारिस भएको हो । सईबाट इन्सपेक्टर बढुवामा सरकारले बेवास्ता गर्दै आएको थियो ।
इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो । नेपाल प्रहरीमा करिब १६÷ १७ वर्ष पुराना सईको इन्सपेक्टरमा बढुवा भएको हो ।
केपी ओली सरकारले पहिला सिस्टम बिगाएर जुनियर सईहरु ( तत्कालिन गृहमन्त्री र गृह सचिवका पिएसओ)को बढुवा गरेको थियो । यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डिआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो ।
त्यस्तै, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह, अन्यतर्फको प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस पनि भएको थियो ।



