काठमाडौं, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
शुक्रबार संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आम जनता र पार्टी सदस्यहरुको आग्रहअनुसार राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।
माधव समूहमा रहेर एमालेभित्र विद्रोह गरिरहेका भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत मागेको दिन सांसद पदबाट राजीनामा गरेका थिए ।