दियोपोस्ट संवाददाता
धादिङ, ११ साउन । धादिङको गजुरी गाउँपालिका २ मलेखु मजुवा निवासी एक पुरुष श्रीमती २७ महिनाको छोरासहित शनिबार राती घरमा सुते । राती ११ बजे ती पुरुषलाई पिसाव लाग्यो । पिसाब फेर्न ओछ्यानबाट उठ्दा श्रीमती साथमा देखेनन् ।
श्रीमती खोज्दै उनी बाहिर निस्किए । बाहिर रहेको अर्को कोठामा उनकी श्रीमती परपुरुषसँग नग्न अवस्थामा भेटिइन् । आफूले सबैभन्दा माया गरेर श्रीमती मध्येरामा परपुरुषसँग भेटिएपछि उनले बाहिरबाट ताल्चा लगाइदिए र प्रहरी र छिमेकीलाई बोलाए ।
प्रहरी आएपछि प्रहरीले ती पुरुषकी श्रीमती र रंगेहात पक्राउ परेका परपुरुषलाई हतकडील गाएर इलाका प्रहरी कार्यालय पुर्यायो । अर्धनग्न अवस्थामा प्रहरी कार्यालय पुर्याइएका ती युवा राजनीतिक दबावमा प्रहरीे छुटाएको पीडित परिवारले बताएका छन् ।
‘प्रहरीले रंगेहात भेटिएका उनीहरुलाई राजनीतिक दबावको आधारमा छाडियो । हामीले जाहेरी दिन खोज्दा जाहेरी लिन समेत प्रहरीले अस्विकार गर्यो,’ पीडितका आफन्तले दियोपोस्टसँग भने,‘अहिले प्रहरीले पक्राउ परेकी महिलालाई उनको माइती पक्षलाई जिम्मा लगाएर पठाएको छ । यता पुरुषलाई भने यत्तिकै छाडेको छ ।’
प्रहरीका अनुसार पक्राउ पर्नेमा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारका राजेश बराकोटी रहेका छन् । उनलाई नेकपा एमाले ओली समुहका उच्च राजनीतिक दबावका कारण छाडिएको पीडितका आफन्तले बताए ।
‘हिजो प्रहरी कार्यालयमा ओली समुहका नेताहरुको भिड नै लागेको थियो । उनीहरुकै दबावमा प्रहरीले उनीहरुलाई छाडेको हो,’ पीडित युवाका आफन्तले भने ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी युवराज खड्काका अनुसार पुरानो मलेखु बजार नजिकै उक्त घरमा केटा र केटी अनैतिक क्रियाकलाप गरेको विषयमा सुचना आएपछि प्रहरी पुगेको थियो । पहरीले बराकोटी र ती महिलालाई हतकडी लगाएर शनिबार राती नै ल्याएको थियो ।
तर, पक्राउ परेकी महिलाले आफूहरु घरको भर्याङमा गफ गरेर बसेको बयान दिएपछि मुद्दा चलाउने कानुनी आधार नभएको डिएसपी खड्काले बताए ।
उनका अनुसार ती महिलालाई परिवारले माइती पक्षले समेत जिम्मा लिन अस्विकार गरेपछि सहयात्री समाज नामक संस्थाको जिम्मा लगाइएको छ ।
यता ती महिलाको २७ महिने छोरा भने बाबुसँगै रहेको पीडित परिवारका आफन्तले बताए ।