जसपा विवादमा रेशम चौधरी तटस्थ : उपेन्द्र यादवलाई दुई तिहाई बहुमत !

diyopost.com
दियो पोस्ट  सोमबार, साउन ११, २०७८ | १८:१०:३०

काठमाडौं, साउन ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद रेशमलाल चौधरी पार्टी विवादमा तटस्थ बसेका छन् ।


निर्वाचन आयोगले आज सोमबार गरेको सो पार्टीको कार्यकारणी समिति सदस्यहरुको ‘हेड काउन्ट’का लागि सांसद चौधरी दिउँसो २ः२० बजे आयोग पुगेका थिए ।


‘टीकापुर घटना र मुद्दाका विषयमा हाम्रो पार्टी नेतृत्वले के गरिरहेको छ, त्यसबारे दुवै पक्षका शीर्ष नेताहरुसँग छलफल गर्छु, उहाँहरुको विचार सुनेपछि मात्र कुन पक्षमा हस्ताक्षर गर्ने निक्र्यौल गर्छ्,’ उनले भनेका थिए । दुवै पक्षसँग कुरा गरेपछि उनी तटस्थ बसेका हुन् ।

कुल ५१ सदस्यीय कार्यकारणी समितिमध्ये आयोगमा पुगेर सो पार्टीका सदस्यमध्ये ३४ जनाले अध्यक्ष यादव पक्षमा हस्ताक्षर गरेका छन् ।

आयोगका अनुसार ठाकुरको पक्ष्मा १६ जनाले मात्रै हस्ताक्षर गरेका छन् । चौधरी तटस्थ बसेपछि जसपामा यादप पक्षले आधिकारीकता पाउने भएको छ ।

सम्बन्धित खबर