बालकोटमा केपी ओलीको ब्रिफिङ : चोलेन्द्रको भिनाजुलाई मन्त्री नबनाउँदा यो हालतमा पुगेँ !

दियो पोस्ट  

काठमाडौं, १३ साउन । प्रधानमन्त्रीबाट बहिर्गमनमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरामाथि विभिन्न आरोप लगाएका छन् । बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित खबर अनुसार जबराले प्रधानमन्त्री ओली समक्ष जबराका भेनाजु तथा धादिङको नौबिसेमा सञ्चालित केपी सिमेन्टका मालिक केपी उप्रेतिलाई चुनावी सरकारको मन्त्री बनाउन प्रस्ताव थियो ।


‘उसको भिनाजुलाई मन्त्री नबनाउँदा मसँग यत्रो बदला लियो,’ अघिल्लो हप्ता गोकर्ण विष्टहरुसँग केप ीओली भन्दै थिए,‘अब यिनीहरुले पालैपालो बदला लिन थाल्ने भए ।’


उप्रेतिले प्रधानन्यायाधीश राणाकी दिदिसँग विवाह गरेका थिए । उनी पेशाले इन्जिनियर हुन् । लामो समय हिमाल सिमेन्ट उद्योगमा जागिर खाएका उनले त्यही क्रममा काठमाडौंको कुलेश्वरमा घर जग्गा जोडेको बताइन्छ । उनी कुनै पनि राजनीतिक पृष्ठभूमिका व्यक्ति समेत होइनन् ।

बालकोटमा ओलीले भिनाजुलाई मन्त्री बनाउनुअघि सम्धी पूर्व गभर्नर तिलक रावललाई पनि मन्त्री बनाउने प्रस्ताव गरेका थिए । केपीले केपीलाई मन्त्री नबनाएको रिसमा प्रधानन्यायधीशले माओवादी र मधेशी मन्त्रीहरुलाई आफ्नै बेन्चबाट खुस्काइदिएको बालकोटमा ओलीको आरोप सुनेपछि नै महेश बस्नेतहरुले प्रधानन्यायाधीशको विरुद्ध पुत्ला जलाएको खबर छ ।