बौद्ध धर्मग्रन्थ देखाएर १५ लाख ठगी : ४ करोडको धर्म ग्रन्थ भन्दै बन्धकी !

diyopost.com
दियो पोस्ट  बिहिबार, साउन १४, २०७८ | २१:१६:२७

काठमाडौं, १४ साउन । बौध्द धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ भन्दै पुस्तक खरिद गर्ने नाममा ठगी गर्ने गिरोह पक्राउ परेका छन् । उनीहरुलाई महानगरिय प्रहरी अपराध महासाखाले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका ३ घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका प्रसान्त प्रताप सिंह र दाङको शान्तिनगर गाउँपालिका ४ अधेरी स्थायी घर भई हाल काठमाडौंको मृगस्थली बस्दै आएका ६५ वर्षिय पूर्ण बहादुर मगर रहेका छन् ।

उनीहले रोल्पाको परिवर्तन गा.पा. वडा नं. २ स्थायी घर भई हाल काठमाडौंको ईचंगुनारायण बस्ने वर्ष २८ को भिम बहादुर डाँगी समेतलाई ४ करोड पर्ने पुरातात्विक महत्वको धार्मिक पुस्तक खरिद गर्न लागेको भन्दै पैसा मागेका थिए । उनीहरुले उक्त पुस्तक बन्धकी स्वरुप राखी रकम दिनुस भन्दै रकम मागेका थिए । डांगीबाट ३ लाख ५ हजार रुपैयाँ र विष्णु अर्यालबाट १२ लाख रुपैयाँ गरि जम्मा १५ लाख रुपैयाँ ठगी गरेको अपराध महासाखाले जनाएको छ । महासाखाले उनीहरुलाई न्युरोडबाट पक्राउ गरेको हो ।

सम्बन्धित खबर