मन्त्री हेरफेरको तयारीमा जसपा

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुँदै गर्दा जसपाले मन्त्री हेरफेरको पनि तयारी गरेको हो ।

पार्टी अध्यक्ष यादवले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।

सम्बन्धित खबर