राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक बहुमतले पारित

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पुर्ण रुपमा पारित हुनेछ । प्रतिनिधिसभाको बैठक असार २० गते बोलाइएको छ ।

सम्बन्धित खबर