रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

दियो पोस्ट  

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । चुनावचिन्ह घण्टीसहित राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको हो ।

दर्ता पश्चात दललाई आयोगले शुक्रबार दल दर्ताको प्रमाणपत्र दिएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गर्दै दल दर्ता गराएको हो ।