स्वर्गीय प्रकाशको सालिक ककनीमा, प्रचण्डले गरे अनावरण

दियो पोस्ट  

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वर्गीय पुत्र प्रकाश दाहालको सालिक अनावरण भएको छ ।

शुक्रबार नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका–६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको सालिकको अनावरण गरेका हुन् ।

सालिक अनावरणका लागि प्रचण्ड ककनी पुगेका थिए । २०७४ साल मंसिर ४ गते मृत्यु भएका प्रकाशको ‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ रहेको भन्दै सालिक बनाइएको हो ।