सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार

दियो पोस्ट  

काठमाडौं । काठमाडौंका सडकमा मकै बेच्ने महिलामाथि नगर प्रहरीले लछारपछार गरेको छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्।