काठमाडौं । बुद्दनगर स्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम राति नै पुगेका थिए । तर, उनको शव घटनास्थलबाट निकालिएको छैन ।
रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।