आफ्नै भिनाजुबाट पटक–पटक बलात्कार

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मा आफ्नै भिनाजुले सालीलाई बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ ।

कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित खबर