एमाले सचिवालय बैठक सुरु, यस्ता छन् एजेन्डा

दियो पोस्ट  

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने छ ।