प्रचण्डको राजनीतिक प्रतिवेदनः गठबन्धनमा कांग्रेस स्वार्थी भयो

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको १० बुँदे प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ ।

‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ’ उनको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर