काठमाडौं । काठमाडौंको बल्खुमा आज दिउँसो भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष बन्सुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टले जानकारी दिए।
उनका अनुसार बा १३ च ६४१९ नम्बरको टाटा भ्यानले दिउँसो बल्खु तरकारी बजार नजिकै ३२ वर्षीया योगिता बन्सुर पैदल यात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका आमाछोरालाई उपचारका लागि वयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा बालकको मृत्यु भएको हो। उनकी आमाको अवस्था भने खतरामुक्त छ।