अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले मेयर अम्बिका चलाउनेसहित सातजनालाई पक्राउ गरेको छ । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन्।
यसअघि पाँच जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको अछामका प्रहरीले जनाएको छ ।
चलाउने कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचित मेयर हुन्।
विनोद २१ जेठ बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर अम्बिका चलाउने, वडा नम्बर–४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्।