ओलीको प्रश्नः सिसिटिभि के सडकमा मकै पोल्नेले मान्नुपर्ने, अर्थमन्त्रालयले मान्नु नपर्ने हो ?

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका बेलाको अर्थमन्त्रालयको सिसिटिभि फुटेज हटाइएकोबारे प्रश्न गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले के आधारमा सिसिटिभि फुटेज हटाइयो भन्दै प्रश्न गरेका हुन् ।

‘प्रश्न उठाउनेलाई धम्क्याउने, थितिमा सरकार चल्नुपर्छ भन्नेलाई धम्क्याउने रु मूल्यमान्यता अनुसार चल्न पर्छ भन्नेलाई धम्क्याउने ?उल्टै । गृहमन्त्रालय माननीय गृह मन्त्रीज्यू, यहाँ हुनुहुन्छ ।’ ओलीले भने, ‘गृहमन्त्रालयको अनिवार्य पालना गर्नुपर्ने सिसिटिभि फुटेज र त्यसको डिलेट कहिले कसरी गर्नुपर्छ भन्ने कुराको सम्बन्धमा के निर्देशन भएको छ ? त्यसो निर्देशन के सडकमा मकै पोल्नेले मान्नुपर्ने कि सरकारले मान्नुपर्ने ?सिसिटिभि के सडकमा मकै पोल्नेले मान्नुपर्ने ?अर्थमन्त्रालयले मान्नु नपर्ने ? अर्थमन्त्रीले मान्नु नपर्ने ?’

त्यसैगरी बजेट निर्माणका क्रममा करको दर हेरफेर गर्दा अनाधिकृत मान्छेअरुको प्रवेश गरिएको प्रति आपत्ति जनाउँदै त्यसबारेमा सरकार गम्भिर नभएको समेत आरोप लगाए ।