माओवादीको केन्द्रीय समितिले पायो पूर्णता, विप्लव छाडेका ओमप्रकाश पुन केन्द्रीय सदस्य

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । सोमबार जारी बैठकमा केन्द्रीय कार्यसमिति सदस्य मनोनित संख्या ३ सय ७७ पुगेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाईएको छ । माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रीय समितिमा मनोनित भएका छन् ।