?????? ?????????????? ???????? ??? ????????? ?????? ???? , ???? ??????? ?????????????? ???? ??? ??????? ??? ????? ?????????
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको शपथ गरेका छन् । केहिबेरअघि राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीनै जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले लोकपथलाई जानकारी दिइन् ।
सत्तारुढ दल जनता समाजवादी पार्टीबाट ३ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
जसअनुसार वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इस्तियाक राई र कृषिमन्त्रीमा मृगेन्द्रसिंह यादव नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ ।