एउटै पार्टीमा त समस्या हुन्छ, गठबन्धनमा समस्या हुनु ठूलो कुरा होइनः देउवा

दियो पोस्ट  

काठमाडौ । नेपाली कांग्रस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनभित्र भएका समस्याहरु स्वभाविक रहेको बताएका छन् ।

काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ भन्दै गठबन्धनमा समस्या हुन समान्य भएको बताएका हुन् ।

देउवाले भने, ‘ एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त समस्या हुन्छ नि । यो ठूलो कुरा होइन । समान्य रुपमा लिनुपर्छ ।’

आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । पछिल्लो समय शेखर कोइराला समूहले देउवा पार्टीको सभापति नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको थियो ।

सम्बन्धित खबर