रामेछापमा बस दुर्घटनाः घाइतेको संख्या २५ पुग्यो, खोजी कार्य अझै जारी

दियो पोस्ट  

रामेकछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना परी घाइते हुनेको संख्या २५ पुगेको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।

उनका अनुसार २२ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

बसमा ३४ जना सवार भएको जनाइएको छ ।