प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो ।

मंगलबार नयाँ मन्त्रीसहित मन्त्रिपरिषद बैठक बस्न लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।