काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, संक्रमितको संख्या १९ पुग्यो

दियो पोस्ट  

काठमाडौं । काठमाडौंमा आज थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । ४ र ६ वर्ष उमेरका बालकमा हैजाको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जनाइएको छ । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

योसँगै उपत्यकामा १९ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पहिलोपटक असार ४ गते हैजाका बिरामी देखिएका थियो ।