काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सरकारविरुद्ध मुद्दा लड्नको लागि मागेको तेस्रो बिदा पनि अस्वीकृत भएको छ ।
नेपाल प्रहरीको महानिरीक्षकमा सरकारले तत्कालिन एआइजी धिरजप्रताप सिंहलाई नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउदै सर्वोच्च अदालमा मुद्दा दायर गर्न पुगेका विश्वराज पोखरेलले तेस्रो पटक बिदामा बस्न पाउ भन्दै निवेदन दिएका थिए ।
उनको निवेदनउपर प्रहरी प्रधान कार्यालयले अनुसन्धानपछि बिदा अस्वीकृत गर्ने निर्णय गरेको हो । गत बैशाख ३० मा स्थानीय तहको निर्वाचनको विषम परिस्थितिमा पनि पोखरेल विदामा बसेर सरकाविरुद्ध मुद्दा लडिरहेका थिए । सरकारले गत बैशाख १८ गते धिरजप्रताप सिहंलाई आईजीपीमा नियुक्त गरेको थियो ।