संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

दियो पोस्ट  

काठमाडौं । विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बजेका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।

यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।