माओवादीको केन्द्रीय समिति बैठक जारी, टुंगिएला पदाधिकारी ?

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादीका पूर्व स्थायी कमिटीको बैठक खुमलटारमा जारी छ । जारी केन्द्रीय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनु अघि र पदाधिकारी घोषणा गर्नु अघि पूर्व स्थायी कमिटीको बैठक बसेको छ ।

पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा विवादित भएपछि बुधबार पनि स्थगित भएको केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको स्रोतले जनाएको छ ।

आइतबार देखी सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकबाट रिर्पोटिङ भएको थियो । दोस्रो दिन केन्द्रीय सदस्यहरुले उक्त दुवै विषयमा प्रश्न राखे पछि मंगलवार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका बिषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन ।