काठमाडौं । साझा यातायातले बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा आएका ३ वटा बस परीक्षण पश्चात् बिहीबारदेखि सेवा सुरु भएका हुन्।
काठमाडौं उपत्यकामा चल्ने यी विद्दुतीय सवारीमा महिला चालक र सहचालक रहेन छन्। साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि अन्तराष्ट्रिय टेन्डर आह्वान गरेको थियो।