????? (??????? ???????)?? ????????? ??????? ?????? ??????? ?????? ????? ???????? ??????? ???????? ????? '???????' ? ?????? ? ????????? ????, ????
नकाठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यको बैठक आज सकिएको छ। असार १९ गतेदेखि सुरू भएको बैठक दुई दिन रोकिएर पदाधिकारी नटुंगिएरै बिहीबार सकिएको हो।
धेरैको चासो रहेको पदाधिकारी प्रचण्डले टुंग्याएका छैनन् । उनले पदाधिकारी कति जना हुने भन्ने पनि जानकारी दिएनन्। को–को पदाधिकारी हुने भन्नेचाहिँ आफूलाई थाहा भएको उनले बताए।
‘वरिष्ठ उपाध्यक्ष त नारायणकाजी श्रेष्ठ भइहाल्नुभयो। त्यसमा पनि मातृका यादवजीले विरोध गर्न सक्नुहुन्छ। तर अरूको विरोध हुँदैन होला,’ प्रचण्डले भने,‘म अहिले पनि सबैको नाम भन्नसक्छु तर अहिले मलाई नाम भन्न नलगाउनुस् प्लि!’
दुई–चार दिनमा सबैको अनुहार उज्यालो हुने गरी पदाधिकारीको नाम टुंग्याउने प्रचण्डले बताए।
‘म सबैको अनुहार उज्यालो हुने गरी नाम टुंगो लगाउँछु। अहिलेलाई यसलाई पास गर्न ताली बजाइदिनुस्,’ प्रचण्डले भने।