आईजीपी सिंह र मेयर शाहबीच भेटवार्ता, ट्राफिक र फोहोर व्यवस्थापनबारे छलफल

दियो पोस्ट  

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ ।