काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता वधेयक फिर्ता लिने तयारी गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।
जसमा शिक्षामन्त्रीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राज्यव्यवस्था तथा सुशासन समितिका जेष्ठ सदस्य मुकुन्द न्यौपानेले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको छ ।