काभ्रेस्थली घटनाः श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको आशंका

diyopost.com
दियो पोस्ट  सोमबार, साउन १६, २०७९ | १५:२४:३९

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको हत्या भएको पुष्टि भएको छ । सोमबार बिहान एकै परिवारका मृत भेटिएका ४ जनाको हत्या भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, उनकी छोरी १३ वर्षीय आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे रहेका छन् ।

उनीहरुमाथि चक्कु प्रहार गरेर हत्या गरेको उनले बताए । सोमबार दिउँसो स्थानीयले खबर गरेसँगै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा रहेका एक स्थानीयका अनुसार गोरखा घास्राङ घर भइ सोही स्थानमा पसल गरि दिनेशको परिवार बस्दै आएको थियो । दिनेशले परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको आशंका गरिएको ती स्थानीयले बताए ।

सम्बन्धित खबर