काठमाडौं । आज दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै छ ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्न सक्ने बताइएको छ। बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ मा निर्वाचन गर्ने विषयमा सहमति गरेको थियो । सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले पनि निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ।
निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो।