अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा

diyopost.com
दियो पोस्ट  बिहिबार, साउन १९, २०७९ | १६:५६:५२

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । मरासिनीले आफूलाई सरुवा गराइदिन आग्रह गरेका थिए । सोही आग्रहबमोजिम उनको सरुवा भएको हो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सचिव मरासिनीको पनि आलोचना भइरहेको थियो ।

सो आलोचनापछि मरासिनी असार २२ गते बिदामा बसेका थिए । सोही दिन शर्माले मन्त्रीबाट राजीनामा दिएका थिए । बिदा बसेको भोलिपल्ट नै सचिव मरासिनी मन्त्रालय फर्किएका थिए । साउन १५ गते अर्थमन्त्रालयमा शर्मा फर्किएपछि मरासिनी बिदामा बसेका थिए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले अन्य सचिवहरूको पनि सरुवा गरेको छ ।

सम्बन्धित खबर