काठमाडौं । आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका छन् ।
त्यसका लागि गठबन्धन दलका नेताहरु आज बिहानैदेखि बालुवाटारमा छलफलमा जुटेका हुन् । आजको बैठकले निर्वाचनमा सीट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसले त केही समयअघि बसेको केन्द्रीय समिति बैठकबाट तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने अन्य दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीले पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका थिए ।